चर्चित हास्य कलाकार सुलेमान शंकर (ईकु) ले संचालन गरेको कार्यक्रम लुरे बुढा भुरे बुढीले दर्शकको मन जित्न थालेको छ। यो एउटा नेपाली दर्शकहरुका लागी हास्य क्षेत्रमा नयाँ स्वाद दिने कमेडी कार्यक्रम हो।

उनले कार्यक्रममा अतिथी बोलाई नाटकीय ढंगले अन्तरवार्ता लिने तथा कुराकानी गर्ने गरेका छन्।उनलाई जोडिको रुपमा स्नेहा कटवालले साथ दिएकी छन् ।उनी सुलेमानको भुडे बुढीको भुमिकामा कार्यक्रममा देखिन्छिन। हाल तेश्रो अंक प्रशारण भइसकेको यस कार्यक्रमलाई दर्शकहरुले निकै रुचाएका छन्। अहिले चर्चामा रहेका नेपाली कमेडी कार्यक्रमहरु मध्ये यो कार्यक्रम फरक स्वादको कार्यक्रम भएको लेखक तथा निर्देशक समेत रहेका सुलेमान शंकरको भनाई छ। अन्य कमेडी कार्यक्रमहरु जस्तै यसले पनि दर्शकको अपार माया पाउने उनको अपेक्षा छ।

यो कार्यक्रम हाल नागरिक प्रेस युट्युब च्यानलबाट हरेक सोमबार साँझ ५ बजे प्रशारण हुदै आएको छ। अब चाँडै यो कार्यक्रमलाई टेलिभिजनमा समेत प्रशारण गर्ने तयारी भइरहेको बताईएको छ।