अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कैलालीको बर्दगोरियाका युवाहरुले सरसफाई तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरी दिवस मनाएका छन्। सो अवसरमा उनीहरुले बौनियाँ बजार क्षेत्रमा सरसफाई गर्नुका साथै कोटागढी खेल मैदान र इलाका प्रहरी कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका हुन।
उनीहरुले लिप्टिस, अमला लगायतका विभिन्न प्रजातीका करिब २ सय विरुवा रोपेका छन् भने बजार क्षेत्रमा रहेको फोहर समेत सफा गरेका छन्। कार्यक्रममा सय बढी युवाको सहभागीता रहेका थियो।
कार्यक्रममा सहभागी युवाहरुले वातावरण संरक्षण सरकार वा कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई प्रत्येक नागिरकको साझा दियत्व भएको बताएका छन्। उनीहरुले सार्वजनिक स्थान सफा राख्ने, वृक्षारोपण गर्ने र रोपिएका बरुवाको संरक्षण गर्ने संस्कारको विकास गर्नु पर्नेमा जोड दिए।
“युवाशक्ती समाज परिवर्नको महत्वपूर्ण अधार हो; त्यसैले युवा दिवसलाई सामाजिक सेवासँग जोड्दै सरसफाई र वृक्षारोपण मार्फत वातावरण संरक्षणको सन्देश दिन खोजेका हौँ।” स्थानीय युवा केशव भण्डारीले भने । साथै उनले वृक्षारोपण गरिए पनि टन्टलापुर घाम र तार जालीको अभावका कारण बिरुवा संरक्षणमा भने चुनौती देखिएको उल्लेख गरे।
युवा दिवसको अवसरमा गरिएको सरसफाई तथा वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षण र सामाजिक उत्तरदायित्व प्रति युवाहरुको सक्रिय सहभागिताको सन्देश दिएको छ। युवाहरुले यस्ता अभियानहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने जनाएका छन्।





Comments
Latest Comments