नेकपा एमालेको नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ । सर्वसम्मत हुने वातावरण नबनेपछि मतदान हुने भएको हो । दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म भृकुटीमण्डपमै निर्वाचन गर्ने तयारी गरेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ भने अन्य पदहरूमा पनि दुवै प्यानलका तर्फबाट उम्मेदवारी परेको छ । अध्यक्ष पदमै सहमति नहुँदा अन्य पदमा पनि नेतृत्व दाबी गर्नेहरू बढेका बताइएको छ ।
एमालेको ११औँ महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिएका छन् । उनका अनुसार ८० वटा मेसिनबाट मतदानको व्यवस्था गर्न लागिएको छ । २ हजार २ सय ६३ मतदाता अर्थात् महाधिवेशन प्रतिनिधिले निर्वाचनमा भाग लिँदै छन् ।






Comments
Latest Comments