कैलालीको धनगढीमा नवजात शिशुलाई नाला किनारमा फाल्ने महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार परेकी ३० वर्षीय महिला विवाहित हुन । उनको श्रीमान् रोजगारीको सिलसिलामा विदेशमा रहेको बुझिएको छ ।

‘महिलालाई पक्राउ गरेर थुनामा राखेका छौ । जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले भने,… ‘उहाँले हिजो मात्रै आफूले ती शिशु (बालिका) लाई जन्म दिएको बताउनुभएको छ । उहाँको स्वास्थ्य अवस्था पनि सामान्य नभएकाले धेरै सोधपुछ गर्न सकेका छैनौँ ।’

ती महिलाले मङ्गलवार बिहान मात्रै धनगढी उपमहानगरपालिका–८ भद्र टोलको नाला किनारमा नवजात शिशु फालेकी थिइन । शिशुलाई उद्धार गरी सेती प्रादेशिक अस्पतालमा लगिएको छ भने उनको अवस्था सामान्य रहेको बताइएको छ ।