नेपाल सरकारका ऊर्जा मन्त्री कुलमान घिसिङले बिजुलीको चिम बालेर मात्र देश उज्यालो नहुने बताएका छन् । कैलालीको जानकी गाउँपालिकामा आयोजित विकास निर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन ।
बिजुलीको चिम बलेर मात्र देश उज्यालो हुँदैन । उनले भने,…
‘साँचो अर्थमा मुलुक समृद्ध बन्नका लागि राज्यका हरेक संयन्त्र र क्षेत्रहरू उज्यालो (पारदर्शी र सक्षम) हुन आवश्यक छ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकले अहिले ठुला सपनाभन्दा पनि सुशासनको अपेक्षा गरेको समेत बताएका छन् । जनताले भाषणभन्दा कामको तत्काल नतिजा खोजिरहेको भन्दै मन्त्री घिसिङले वर्तमान सरकार जनताका यिनै आधारभूत आवश्यकता पूरा गर्न गम्भीर भएर लागेको दाबी समेत गरे ।
फरक प्रसङ्गमा बोल्दै मन्त्री घिसिङले निर्वाचन सर्ने हल्लाका पछि नलाग्न आग्रह गरे । ‘सरकारले घोषण गरेको चुनाव हुँदैन कि भन्ने शङ्का कसैले नगरे हुन्छ। बरु चुनावपछि कस्तो नेतृत्व र सरकार बनाउने भन्ने जिम्मेवारी अब तपाईँहरू (जनता) को हातमा छ ।’ उनले भने। उनले अबको निर्वाचनमा सक्षम उम्मेदवारलाई जिताउन अपिल समेत गरे ।

सोही अवसरमा मन्त्री घिसिङले ३८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याइरहेको रानी जमरा कुलरिया सिँचाइ आयोजना क्षेत्रका किसानलाई स्वामित्व स्थापित गरिने उनले प्रतिबद्धता जनाए ।
‘तपाईँहरूले जसरी सिँचाइको सुविधा पाउनुभएको छ । त्यसैगरी उत्पादित विद्युत्को केही प्रतिशत स्वामित्व पनि किसानहरूकै हुनेछ ।’ मन्त्री घिसिङले भने,… ‘यसका लागि आवश्यक ऐन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।’



Comments
Latest Comments