कैलालीको लम्किचुहा नगरपालिका अन्तर्गत लम्किमा आइतबार सम्पन्न एक विशेष भेलाले नेशनल भोलेन्टियर्स फोर्सको क्षेत्रीय संरचनालाई पूर्णता दिएको छ। नेशनल भोलेन्टियर्स फोर्सका कैलाली संयोजक बिजय रावलको सभापतित्वमा भएको उक्त भेलाले राजेश शाहीको नेतृत्वमा २१ सदस्यीय ‘क्षेत्रीय युवा परिचालन कमिटी’ सर्वसम्मत रूपमा चयन गरेको हो।
​नवगठित कमिटीको नेतृत्व तहमा जुझारु युवाहरूलाई जिम्मेवारी सुम्पिएको छ । राजेश शाही संयोजक रहेको कमिटिका सह संयोजकमा रमेश सुनार र बिपिन शाही चयन भएका छन् ।
​
​कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति एवं जिल्ला संयोजक बिजय रावलले नेशनल भोलेन्टियर्स फोर्सको औचित्यमाथि प्रकाश पारे । उनका अनुसार यो संगठन नेकपा एमालेको विचार र सिद्धान्तबाट निर्देशित रही युवाहरूलाई राजनीतिक तथा सामाजिक रूपमा संगठित गर्न सक्रिय रहनेछ।
​कार्यक्रममा बोल्दै नवनिर्वाचित संयोजक राजेश शाहीले युवाहरूलाई केवल राजनीतिक नारामा मात्र सीमित नराखी उनीहरूको क्षमता विकास र सशक्तीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

​भेलाले आगामी दिनका लागि संगठनका लागि सामाजिक सक्रियता, युवा परिचालन र सशक्तीकरण केही मुख्य प्राथमिकताहरू समेत तय गरेको छ । स्थानीय स्तरमा हुने सामाजिक कार्य र जनचेतना मूलक अभियानमा स्वयंसेवकको रूपमा परिचालन हुने, नेकपा एमालेको विचारलाई जनस्तरसम्म पुर्‍याउन युवा शक्तिलाई रचनात्मक कार्यमा लगाउने र युवाहरूलाई आत्मनिर्भर र नेतृत्वदायी भूमिकाका लागि तयार पार्ने योजनामा भोलेन्टियर फोर्सले लागेको छ ।

​लम्किमा भएको यो भेलाले स्थानीय युवाहरूमा नयाँ उत्साह थपेको छ भने क्षेत्रीय स्तरमा संगठनको पकडलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।