चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । दीपेन्द्र गौचनको लेखन र निर्देशन रहेको यो चलचित्रले फरक संस्कृतिमा आधारित प्रेमकथा र त्यसले निम्त्याउने सामाजिक चुनौतीलाई उजागर गरेको छ ।
चलचित्रको कथा मधेशी समुदायकी एक केटी र पहाडी समुदायका केटाबीचको प्रेम सम्बन्धमा आधारित छ । सामाजिक सञ्जालमार्फत जोडिएका यी दुई पात्रले फरक संस्कृतिमा आधारित समाजका विभिन्न चुनौती र उतार चढावको सामना गर्नुपर्दा आउने परिस्थितिहरूलाई कथाको केन्द्रबिन्दु बनाइएको छ ।

चलचित्रमा नाजिर हुसेनको मुख्य भूमिकासँग सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, अर्जुन पोखरेललगायतको अभिनय रहेको छ । अमितेष शाहको विशेष भूमिका समेत रहेको यस चलचित्रमा कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकको मन जित्ने विश्वास निर्माण टोलीले लिएको छ ।
चलचित्रको छायाँकन अमर महर्जनले गरेका छन्, भने सम्पादन निमेष श्रेष्ठको रहेको छ । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् । चलचित्रको संगीत दीपेन्द्र गौचन, प्रवेश मल्लिक, र करुण थापाले तयार पारेका छन् ।







Comments
Latest Comments
No comments yet.