अत्री गोत्रीय मिश्रहरुको मिश्र सेवा समाज कैलालीको कार्यसमिति गठन भएको छ । शनिबार धनगढीमा सम्पन्न भेलाबाट निम प्रसाद मिश्रको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।
भेलाबाट उपाध्यक्षमा शुसिला मिश्र, महासचिवमा डिल्लिराम मिश्र, सचिवमा हेम मिश्र र कोषाध्यक्षमा विजयलक्ष्मी मिश्र चयन भएका छन्। यस्तै सदस्यहरूमा टिकाराम मिश्र, डा. भूषण मिश्र र गणेश प्रसाद मिश्र चयन भएका छन् भने बाँकी ८ सदस्य विभिन्न पालिकाबाट मनोनित गरिने छ ।

मिश्र सेवा समाजका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद मिश्रको अध्यक्षतामा सम्पन्न भेलाका प्रमुख अतिथी सेवा समाजका केन्द्रीय महासचिव सुदीप मिश्र रहेका थिए । यस्तै भेलामा विशिष्ट अतिथिको रुपमा चितवन जिल्ला अध्यक्ष भद्रकृष्ण मिश्रको उपस्थिति रहेको थियो ।
भेलाले कृष्ण प्रसाद मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। समितिका सदस्यहरूमा जयराज मिश्र, रोमप्रकाश मिश्र, जयप्रकाश मिश्र र डा. प्रदीप मिश्र रहेका छन्।

त्यस्तै, आगामी वैशाख १९ र २० गते पवित्र धार्मिकस्थल देवघाटमा हुने मिश्रहरुको राष्ट्रिय अधिवेशनका लागि प्रतिनिधि समेत चयन गरिएको छ। प्रतिनिधिहरूमा डा. प्रदीप मिश्र, प्रकाश मिश्र, डिल्लिराम मिश्र, खेम मिश्र र केशव मिश्र रहेका छन्। थप प्रतिनिधि पहिलो बैठकबाट चयन गर्ने निर्णय भएको अध्यक्ष मिश्रले जानकारी दिए।
भेलाले डोटीको खत्याडी उद्गम थलो भई विश्वभर छरिएर रहेका मिश्रहरूलाई एकीकृत गर्दै उक्त स्थानलाई ऐतिहासिक सङ्ग्रहालयका रूपमा विकास गर्ने महत्वपूर्ण निर्णय गरेको छ। सो प्रस्तावलाई आगामी राष्ट्रिय अधिवेशनमा लैजाने निर्णय समेत गरिएको जनाइएको छ।






Comments
Latest Comments
No comments yet.