डडेल्धुरामा मोबाइल चार्ज लगाएर चलाइरहेका एक युवकको करेन्ट लागेर ज्यान गएको छ । जिल्लाको आलिताल गाउँपालिका–१ का १६ वर्षीय अनिल विकको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार साझ आफ्नै घरको सुत्ने कोठामा मोबाइल चार्जमा लगाएर चलाइरहेका बेला उनलाई एक्कासि करेन्ट लागेको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments
Latest Comments