कैलालीको लम्कीचुहा उद्योग वाणिज्य संघको अध्यक्षमा दिपक कुमार तिमिल्सेना र कोषाध्यक्षमा तपेन्द्र ढकाल विजयी भएका छन । शनिवार सम्पन्न निर्वाचनमा तिमिल्सेनाले १ सय ४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी खडानन्द सापकोटाले १ सय १४ मत प्राप्त गरेका थिए ।
त्यस्तै कोषाध्यक्ष पदमा ढकालले १ सय ६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अमित भण्डारीले ८७ मत प्राप्त गरेका छन् । अध्यक्ष र कोषाध्यक्ष बाहेकका पदमा भने यसअघि नै उम्मेदवारहरू सर्वसम्मत निर्वाचित भइसकेका छन्। जस अन्तर्गत उपाध्यक्ष पदमा उद्योगतर्फ मनिराम न्यौपाने, वाणिज्यतर्फ पदमराज जैशी र वस्तुगततर्फ गणेशराज ओली चयन भएका छन् । यस्तै महासचिवमा पुष्पराज ढकाल र सचिवमा संजय बुढाथोकी निर्विरोध निर्वाचित भएका हुन ।
निर्वाचनमा कुल ३ सय ५८ मतदातामध्ये २ सय ७० मत खसेको थियो । नवनिर्वाचित टीमले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा संस्थाको सुदृढीकरणमा जोड दिने बताएका छन् ।






Comments
Latest Comments