कैलालीको चिसापानी–राजकाडा ३ दशमलव २ किलोमिटर निर्माण हुने जालपादेवी केबलकार निर्माणको कामले गति लिएको छ । ७ अर्बको लागतमा आउँदो वैशाखबाट केबलकार सञ्चालन गर्ने लक्ष्यका साथ थालिएको आयोजनाको ८० प्रतिशत काम सकिएको जनाइएको छ ।
आयोजना अन्तर्गत टप स्टेसन निर्माणको काम अन्तिम चरणमा छ भने ग्रेट वाल निर्माण भई ढलानको काम मात्रै बाकी रहेको छ । चिसापानी देखी राजकाडा सम्म आवश्यक १४ वटा टावर निर्माणको काम पनि अन्तिम चरणमा छ । अहिले टावर प्लेट राखिएको छ भने ढलान गरी टावर खडा गर्ने काम पुस महिना भित्रै सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । यस्तै आयोजना स्थलमा आवश्यक रेस्टुरेन्ट, जालपादेवी मन्दिर, पानी टङ्की, स्टाफ निवास र जेनरेटर हाउस निर्माण भई ढलान गर्न मात्रै बाकी रहेको आयोजनाका साइड इन्चार्ज निर्देश मुडभरिले जानकारी दिए ।
उनका अनुसार तल्लो स्टेसन चिसापानीमा पनि होटेल, क्यासिनो, ब्यांक्वेट हल लगायतका संरचना निर्माणले पनि गति पाएको छ । समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने अपेक्षा राखिएको सो आयोजनाको गत २०८१ पौष १३ गते तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवाले शिलान्यास गरेकी थिइन ।






Comments
Latest Comments