कैलालीको गोदावरीमा जारी छात्र फुटबल प्रतियोगितामा नव बालबाटिका विद्या मन्दिर बौनिया क्वाटर फाइनल प्रवेश गरेको छ । मङ्गलवार लगातार दुई खेलमा सहज जित निकाल्दै बालबाटिकाले क्वाटर फाइनलको यात्रा तय गरेको हो । 

मङ्गलवार  बिहान भएको खेलमा एभरेस्ट विद्यालय अत्तरियालाई ३/० गोल अन्तरले पराजित गर्‍यो । टिमका लागि कप्तान मिलन साउँद एक्लैले ३ गोल गरे । यस्तै मङ्गलवार नै दिउँसो भएको खेलमा दुर्गा भवानी माध्यमिक विद्यालय अत्तरियालाई २/१ गोल अन्तरले पराजित गरेको छ । यस खेलमा बालबाटिकाका लागि सौरभ बम र सोहम रावलले समान १/१ गोल गरे । बालबाटिकाले सेमिफाइनल प्रवेशका लागि बुधवार बिहान समैजी स्कुल सँग प्रतिस्पर्धा गर्ने छ । 

गोदावरीमा रहेको सत्यवती एकेडेमीको आयोजनामा कक्षा ६ मुनिका छात्रहरूका लागि फुटबल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा कैलाली र कन्चटपुरबाट २३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद २० हजार र उप-विजेताले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।