कैलालीको धनगढी उप-महानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ सहितको नि:शुल्क स्वास्थ्य सेवाबाट करिब डेढ लाख नागरिक लाभान्वित भएका छन् । सेवा सञ्चालन भएको २०७९ सालदेखि हालसम्म एक लाख ३३ हजार बिरामीले स्वास्थ्य सेवा लिएका धनगढी उपमहानगरपालिका विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका संयोजक कृष्ण बोहराले जानकारी दिए ।
उनका अनुसार सो अवधिमा ७८ हजार ७ सय ३६ जनाले जनरल फिजिसियन सेवा, २६ हजार २ सय ४२ महिलाले स्त्री रोग सेवा र ४० हजार ३ सय ४८ जनाले आँखासम्बन्धी सेवा लिएका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भए पछि नगरवासीलाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिने तथा सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०७९ साउन १ गतेबाट वडामा विशेषज्ञ चिकित्सक सहितको वडा क्लिनिक सेवा सुरु गरिएको हो ।
उपमहानगरका प्रत्येक वडामा महिनाको एक दिन सञ्चालन भइरहेको यो कार्यक्रम मार्फत भिडियो एक्स-रे, ई-सिजी, गर्भवती सेवा, ल्याब सेवा, सुगर तथा अन्य सेवा पनि वडामा नै दिने गरेको छ । वडा स्वास्थ्य सेवा सुरु भएपछि आर्थिक रूपमा विपन्न नागरिक, वृद्ध वृद्धा, सुत्केरी र अशक्त बढी लाभान्वित भएका हुन ।






Comments
Latest Comments