गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा सहभागी भएकाहरूलाई सरकारले मुद्दा चलाए आफूलाई स्वीकार्य नहुने हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले बताएका छन् । बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुनारले पुराना दलहरूले विगतदेखि नै सिंहदरबार र अदालतभित्र आगो लगाउने काम गरिसकेको आरोप समेत लगाए ।
साथै उनले देशलाई अपहरण गर्ने प्रवृत्ति विरुद्ध जनताले पुराना राजनीतिक दलहरूको जग भत्काइसकेको समेत उल्लेख गरे । उनले भने,… ‘‘जनताले काँग्रेस, एमाले र माओवादी जस्ता दलहरूलाई लखेटिसके । अब तिनीहरूका दिन सकिए । तिनीहरूका विकल्पमा हामी आउनु परेको हो । हाम्रो पार्टीमा कार्यकर्ता हुँदैनन्, सचेत नागरिक हुन्छन्।”
साथै उनले संविधान जनमैत्री हुन आवश्यक रहेको भन्दै सम्भव भएसम्म संविधान संशोधनमार्फत अघि बढ्ने पक्षमा आफ्नो पार्टी रहेको बताए । हाम्रो पार्टी नेपाल रहेको बताए । दलितको नाममा राजनीति गर्ने प्रवृत्तिको आलोचना गर्दै उनले केही दलितहरूले पनि दलितको नाममा राजनीति गरेर वर्षौँदेखि दलितमाथि नै शासन गर्दै आएको प्रति खेद प्रकट गरे ।
उनले पत्रकार सम्मेलन मार्फत अब पहिचानभन्दा माथि उठेर देश निर्माणलाई केन्द्रमा राख्ने राजनीति आवश्यक रहेको समेत दाबी गरे । हाम्रो पार्टी नेपालले जनताको पक्षमा उभिने, संविधानलाई जनमैत्री बनाउने र पुरानो राजनीतिक संरचनालाई परिवर्तन गर्ने एजेन्डासहित अघि बढ्ने जनाएको छ ।






Comments
Latest Comments