नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनाताका अधिकार बलियो बनाउने नेता भीम रावलले बताएका छन् । बिहीबार बैतडीको गोठाला पानीमा आयोजित जिल्ला स्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले जानताका सबै अधिकार सुरक्षित गर्ने लक्ष्यसहित नेकपा जनताका माझमा आएको बताएका हुन ।
“देशमा सुशासन, राजनीतिक स्थायित्व र विकासको बाटोमा अघि बढाएर जनताको अधिकार बलियो बनाउन नेपाली कम्युनिस्ट पार्टी जनताका माझमा आएको छ । यसका साथै संविधानमा भएका कमजोरीलाई सुधार गरेर सुशासन कायम गर्न र भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन हामी तयार छौँ ।” नेता रावलले भने ।
साथै उनले जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारको कमजोरीका कारण देश खरानीमा परिणत भएको उल्लेख गर्दै देशको स्वाधीनताको रक्षा गर्न ओली नेतृत्वको सरकार कमजोर भएको दाबी समेत गरे ।






Comments
Latest Comments