कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलले सामाजिक उत्तरदायित्व बहन गर्दै सहारा घरलाई नगद तथा खाद्यान्न सहयोग गरेको छ ।
परिवार विहीन सडक मानवलाई संरक्षण गरिरहेको सहारा घरलाई बिहीबार विद्यालयका सञ्चालक परशुराम भण्डारी खाद्यान्न सहित शिक्षक तथा विद्यार्थीहरूबाट सङ्कलित नगद २० हजार सहयोग गरेका हुन । विद्यालयले विद्यार्थीहरूलाई मानव सहयोग तथा मानवताबारे बुझाउन यस्ता सहयोग, अवलोकन भ्रमण, सामुदायिक दायित्व, संस्कार पहिचान लगायतका यस्ता विभिन्न कार्यक्रमहरूमा सहभागी गराउँदै आएको छ ।
सहयोग ग्रहण गर्दै सहारा घरका सञ्चालक बल बहादुर विष्टले न्यु स्टार परिवारलाई धन्यवाद दिँदै विद्यालयले गरेको सहयोगबाट विद्यार्थीहरूले पनि सिक्ने र उनीहरूमा सहयोगी भावनाको विकास हुने बताए ।






Comments
Latest Comments