राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सुदूरपश्चिम प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।
पार्टीका अनुसार उक्त सूचीमा समावेश उम्मेदवारसँग छलफलपछि उम्मेदवार छनोट रूपरेखा अनुसार पुस ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
रास्वपाले सूचीमा परेका उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न अनुरोध गर्दै थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न आग्रह गरेको छ। कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन पार्टीले अनुरोध गरेको छ।






Comments
Latest Comments