कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको नेतृत्वका लागि मतदान सुरु भएको छ । पुस ९ गते मतदान गर्ने निर्वाचन मण्डलको कार्यतालिका रहेपनी बिहीवार आज मात्रै मतदान थालिएको हो ।
क्याम्पस नेतृत्वको लागि डबल शाह र लक्ष्मण न्युरे प्यानल चुनावी मैदानमा छन् । न्युरे नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका साझा उम्मेदवार हुन भने डबल शाह स्वतन्त्र उम्मेदवार हुन ।
यस्तै उपाध्यक्षमा भानुभक्त आचार्य र आयुष जोशी प्रतिस्पर्धामा छन भने महिला सदस्य पदका लागि नारायणी गौतम र राधा कुमारी पाण्डे मैदानमा छन् । यता लेखा समिती संयोजका भने भोजराज जोशी र हेमन्त शाहीले प्रतिस्पर्धा गर्दै छन् । नेतृत्व चयनका लागि ५ सय ८१ जना सदस्यहरुले मतदान गर्दै छन् ।




Comments
Latest Comments