एमालेबाट नेपाली कम्युनिस्ट पार्टी नेकपा भित्रिएका बाजुराका नेता प्रकाश बहादुर शाहको नाम जिल्लाबाट एकल सिफारिस भएको छ । अघिल्लो प्रदेशसभामा एमालेबाट निर्वाचित भएका उनी डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान सँगै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन ।
तत्कालिन प्रदेश सभामा निर्वाचित हुँदा उनले चार वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नेतृत्व समेत सम्हालेका थिए । यस्तै नेकपाले बाजुराबाट समानुपातिकतर्फ हिक्मतजंग शाही, सञ्जय कटेल र विनीता विकको नाम सिफारिस गरेको छ । शाही पिछडिएको क्षेत्र, विकलाई दलित महिला तथा कटेललाई अपाङ्गता क्लस्टरमा सिफारिस गरिएको जनाइएको छ । अज बहादुर मल्ल राष्ट्रियसभा निर्वाचनका लागि सिफारिस भएका छन् ।








Comments
Latest Comments
No comments yet.