सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेल र एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिच शुक्रबार गुण्डुमा भेटवार्ता भएको छ । खरेलले यसअघि कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका थिए ।
सरकार पछिल्लो समय खासगरी चुनावी वातावरण निर्माणका लागि ठूला दल र नेतासँगको सम्बन्ध सुधारमा उच्चस्तरीय समिति नै निर्माण गरेर संवाद पनि थालेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रूपमा छलफल थालेको हो ।








Comments
Latest Comments
No comments yet.