राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिएको छ। आयोगले भदौ २३ र २४ गते भएको घटनाका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री ओलीसँग आज बयान लिएको हो।
आयोगकी सदस्य लिली थापाले पूर्वप्रधानमन्त्री ओलीसँग बयान जारी रहेको सेतोपाटीलाई जानकारी दिइन्। आयोगले जेनजी पुस्ताको आन्दोलनका सन्दर्भमा विभिन्न व्यक्तिहरूसँग बयान लिइरहेको छ। यसअघि आयोगले काठमाडौं महानगरका मेयर बालेन शाहसँग पनि बयान लिएको थियो।





Comments
Latest Comments