कैलालीमा साथिलाई धारिलो हतियार प्रहार गर्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढीगाउँ बस्ने २२ वर्षीय शेखर मास्कीमगरलाई कोठामा संगै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर २ असुराका अकिंत मास्कीमगर रहेका छन् । उनलाई धनगढी उपमहानगरपालिका वडा नम्बर १ अदालत रोड क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए । उनका अनुसार धारिलो हतियार प्रहार गरेको कोठाबाट प्रहरीले दाउ समेत बरामद गरेको छ । टाउकोमा धारिलो हतियार प्रहारबाट घाइते भएका शेखर मास्कीमगरेको भने कैलाली अस्पतालमा उपचार भइरहेको छ ।