सुदूरपश्चिम मेडिकल विश्वविद्यालयको रजिस्ट्रार पदमा खेमराज जोशी नियुक्त भएका छन्। जोशीले यसअघि पोखरा विश्वविद्यालयमा डिनको जिम्मेवारीमा सम्हालिसकेका छन्।
मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सिनेट बैठकले जोशीलाई रजिष्ट्रार नियुक्त गरेको हो। विश्वविद्यालयको रजिस्ट्रार पदका लागि खुला प्रतिस्पर्धामार्फत १० जनाले आवेदन दिएका थिए।
आवेदन दिने उम्मेदवारहरूमा ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका खेमराज जोशी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्दसिंह बिष्ट, बाराकी शिला मैनाली, बैतडीका भीमबहादुर चन्द तथा कैलालीका पदमराज जोशी थिए।






Comments
Latest Comments