टीकापुर महोत्सव २०८२ आजबाट शुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मेला महोत्सवले आर्थिक स्थितिलाई चलायमान बनाउने बताए । मेला महोत्सवले उद्योगी, व्यापारी तथा व्यवसायीका लागि राम्रो अवसर भएकाले सही सदुपयोग गर्न उनले सुझाव दिएका छन् ।
उद्घाटन अघि बिहान १० बजे टीकापुर बजारमा प्रभातफेरि गरिएको थियो । महोत्सवमा फोटो तथा चित्रकला प्रदर्शनी, थारु गाउँमा थारु कला र संस्कृति झल्कने सङ्ग्रहालय राखिएको छ । विगतझैँ कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी राखिएको छ । माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा पण्डालभित्र र बाहिर गरी जम्मा दुई सय स्टल रहेका छन् ।

महोत्सवमा सर्वसाधारणका लागि एक सय टिकट शुल्क लाग्नेछ, विद्यार्थीका लागि ५० प्रतिशत छुट दिइने छ भने महोत्सव अवलोकनमा एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाले निःशुल्क प्रवेश पाउनेछन् । वाणिज्य सङ्घको आयोजनामा वि.सं. २०६५ सालदेखि टीकापुर महोत्सव आयोजना हुँदै आएको छ ।







Comments
Latest Comments
No comments yet.