नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको हो । जेनजी विद्रोहको परिवर्तनको सम्बोधन गर्नको लागि योग्यता, क्षमता र भिजनको आधारमा सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको पार्टीका उपसभापति विश्वप्रकाश शर्माले बताए । उनले अन्य पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार भन्दा कांग्रेसले अघि सारेको उम्मेदवार योग्य रहेको समेत दाबी गरे ।