कञ्चनपुरको पुनर्वासमा नौ गोलिया काठ (७६ क्युफिट) अवैध काठ बरामद गरिएको छ । विहिबार राति करिब १० बजे भारतबाट नेपालतर्फ ल्याउदै गरेको दुई राँगा र एक गाडा सहित सशस्त्र प्रहरी बलले अवैध काठ नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको काठ तथा राँगालाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय कुण्डामा बुझाइएको छ । घटनाबारे अनुसन्धान भई रहेको सब डिभिजन वन कार्यालय कुण्डाका वरिष्ठ वन अधिकृत दिनेश कुमार यादव बताएका छन् ।

सीमावर्ती क्षेत्रमा अवैध काठ कटानी र पशु ओसारपसारका घटना बढ्दै गएको अवस्थामा सशस्त्र प्रहरी र वन कार्यालयको सक्रियताले यस्ता गतिविधि नियन्त्रणमा सहयोग पुगेको स्थानीयवासीहरूको भनाइ छ ।