प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगर्न/नगराउन निर्वाचन आयोगले आग्रह गरेको छ । निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन र निर्वाचन आचारसंहिता समेतको प्रतिकूल हुने हुँदा कुनै पनि राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसारका कार्य गर्दा बालबालिकाको कुनै पनि किसिमबाट प्रयोग नगर्न/नगराउन तथा बालबालिकाको अध्ययन अध्यापनमा असर पार्ने कार्य नगर्न/नगराउन समेत सबै राजनीतिक दल, उम्मेदवार र मतदाताहरूलाई निर्वाचन आयोगले आग्रह गरेको हो ।
राजनीतिक दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोक्ने कार्यमा, सांस्कृतिक कार्यक्रममा, ¥यालीमा, अमुक दल वा उम्मेदवारविरुद्धका गतिविधिमा, झण्डा वा निर्वाचन चिह्न अङ्कित भेष्ट/टिसर्ट/लोगो जस्ता चिजहरू प्रदर्शन गर्ने कार्यमा बालबालिकाहरूलाई सहभागी गराउने गरेको र विद्यालय समयमा विद्यालय नजिकै राजनीतिक दल वा उम्मेदवारका चुनावी गतिविधि सम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएका विषयहरूमा उजुरी तथा गुनासो निर्वाचन आयोगमा प्राप्त भएकोले त्यस्ता कार्य नगर्न/नगराउन सम्बद्ध सबैमा आग्रह गरिएको आयोगका सह सचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
कानुनद्वारा प्रत्याभूत बालबालिकाको अधिकारको संरक्षण तथा संवद्र्धन गर्दै अधिकारको प्रचलन र परिपालना गर्न/गराउन निर्वाचन आयोगले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरूको ध्यानाकर्षण समेत गराएको प्रवक्ता भट्टराईको भनाई छ । निर्वाचन आचारसंहिता विपरीतका कार्य गरे÷गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने प्रवक्ता भट्टराईले जानकारी दिएका छन् ।






Comments
Latest Comments