कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। मंगलबार धनगढीस्थित रास्वपाको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनी औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।
कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारु तथा कैलाली–५ का रास्वपा उम्मेदवार डाक्टर आनन्दबहादुर चन्द ले चौधरीलाई माला र खादा ओढाएर स्वागत गरेका थिए। पार्टी प्रवेशपछि बोल्दै चौधरीले नागरिक उन्मुक्ति र रास्वपाका मुद्दा र लक्ष्यबीच समानता रहेको बताउँदै आफू समाहित भएको स्पष्ट पारे।
“हाम्रो एजेन्डा र रास्वपाको एजेन्डा धेरै हदसम्म मिल्छ, त्यसैले एउटै धारमा उभिने निर्णय गरेको हुँ ।” उनले भने। चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ (प्रदेशसभा क्षेत्र २) बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले करिब पाँच हजार मत प्राप्त गरेका थिए। आफूले पाएको मत र समर्थनलाई रास्वपाको पक्षमा एकीकृत गर्ने उनको भनाइ छ।






Comments
Latest Comments