कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खेमराज कोइरालाले आफ्नो अग्रतालाई थप फराकिलो बनाउदै गएका छन् । हालसम्म १२,९३४ मत गणना भइसक्दा कोइरालाले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पछाडि पारेका हुन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कोइरालाले ६ हजार २ सय ९९ मत प्राप्त गर्दा नेपाली काँग्रेसका गोरख बिष्टले जम्मा २ हजार ५ सय २५ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका हेभीवेट उम्मेदवार लेखराज भट्टले २ हजार ७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हरि चौधरीले ७ सय २९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कमल रजवारले २ सय ९४ मत पाएका छन।

खेमराज कोइराला र दोस्रो स्थानमा रहेका गोरख बिष्टबीच ३ हजार ७ सय ७४ मतको ठुलो अन्तर देखिएको छ। गणना भएको कुल मतमध्ये ७ सय ७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ​अहिले पनि मतगणना जारी छ भने घण्टीको सुरुवाती अग्रताले यस क्षेत्रमा नयाँ राजनीतिक तरंग पैदा गरेको छ।