कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कोमल ज्ञवालीले आफ्नो अग्रतालाई बलियो बनाउँदै लिएकी छन । ५० हजारभन्दा बढी मत गणना भइसक्दा ज्ञवालीले निकटतम प्रतिस्पर्धीभन्दा ५ हजार ७७ मतको सुरक्षित अग्रता कायम गरेकि हुन ।

​हालसम्म कुल ५२,७३८ मत गणना भएको छ ।

रास्वपाका कोमल ज्ञवाली १६ हजार ३ सय ९२ मतका साथ पहिलो स्थानमा छन भने नेपाली कांग्रेसका जनक राज चौधरी ११ हजार ३ सय १५ मतसहित उनलाई पछ्याइरहेका छन । यस क्षेत्रमा बदर मतको संख्या निकै उच्च देखिएको छ। गणना भएको मतमध्ये ३ हजार ८ सय २३ मत बदर भएको छ।
​नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा ७ हजार ७ सय १८ मतका साथ तेस्रो र एमालेका द्वारिका प्रसाद न्यौपाने ४ हजार १ सय ६५ मतका साथ चौथो स्थानमा देखिएका छन् । कैलाली-१ को यो परिणामले यहाँ पनि वैकल्पिक राजनीतिक शक्तिको बलियो उपस्थिति देखिएको छ। मतगणना अझै जारी छ।