चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाको दोस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ। अधिवेशनले विवेक नागरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

​चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्लाका क्रियाशील चलचित्र पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। ​अधिवेशनबाट ​अध्यक्षमा विवेक नागरी, ​उपाध्यक्षमा रमा चन्द, ​सचिवमा लोकु सिंह ठकुरी, ​सह-सचिव: यज्ञराज अवस्थी र्ब​कोषाध्यक्षमा यमुना साउद सर्वसम्मत चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरूमा रक्षा बागचन, राजु चौधरी, विरेन्द्र सिंह, सावित्री जोशी, महेन्द्र चौधरी र कमल सावद निर्वाचित भएका छन ।

​नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै केन्द्रीय अध्यक्ष समीर बलामीले मोफसलमा रहेर चलचित्र पत्रकारिताको विकास र प्रवर्द्धनमा कैलाली शाखाले खेल्दै आएको भूमिकाको प्रशंसा गरे। नवनिर्वाचित अध्यक्ष विवेक नागरीले आफ्नो कार्यकालमा सुदूरपश्चिमको कला, संस्कृति र चलचित्र क्षेत्रलाई पत्रकारिताको माध्यमबाट थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।