डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ इनाडामा मंगलबार बिहान जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । इनाडाबाट कैलालीतर्फ जाँदै गरेको से १ च १५१७ नम्बरको बोलेरो जिप उकालो सडकमा ब्याक गर्ने क्रममा अनियन्त्रित भई करिब ३ सत मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी कैलाली र अछामका ४ व्यक्तिहरू घाइते भएका छन् । घाइते हुनेहरूमा घोडाघोडी नगरपालिका–२, कैलालीका ४५ बर्षिय ​योगेश बिनाडी,णबोगटान फुड्सिल–३, कानाचौर डोटीका १७ बर्षिय नरेश साउद, गाडी चालक गौरीगंगा नगरपालिका–९, कैलालीका सन्तोष सापकोटा र ढकारी गाउँपालिका–३, अछामका १५ बर्षिय जनक बुढा रहेका छन् । घाइते मध्ये बिनाडी र साउदको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।