राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो एक बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ । आजको बैठकमा उपसभामुखको निर्वाचन र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।
उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् । श्रम संस्कृतिकी २५ वर्षीया ठाकुरले विहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् । प्रतिनिधि सभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेको रास्वपाको साथ पाउँदा ठाकुर उपसभामुख निर्वाचित हुने पक्का छ ।





Comments
Latest Comments