भारतमा छायांकन गरिएको देउडा गित चुडिन लाग्यो नौलो मुटुको म्युजिक भिडियो बिमोचन गरिएको छ । नेपाल संगीतकर्मी संघ सुदूरपश्चिमले आइतबार धनगढीमा एक कार्यक्रमको आयोजना गरि भिडियो बिमोचन गरेको हो ।

संगीतकर्मी संघ सुदूरपश्चिमका अध्यक्ष निलगगन रोशन सिंहको अध्यक्षतामा भएको बिमोचन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमका वरिष्ठ म्युजिक भिडियो निर्देशक भीम थापा रहेका थिए । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल कैलालीका अध्यक्ष विवेक कुमार नागरी, वरिष्ठ देउडा गायक लालबहादुर थापा, संगीतकर्मी संग सुदूरपश्चिम इन्चार्ज ऐन दौल्याल, म्युजिक भिडियो निर्देशक सुरेन्द्र संगम, नेपाल संगीतकर्मी संघ शाखा बैंलोर भारतका अध्यक्ष समीर बोहरा लगायत कलाकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले गित संगीतलाई भुगोलले नछेक्ने भएकाले संसारका विभिन्न ठाउबाट म्युजिक भिडियो निर्माण हुने क्रम बढेको उल्लेख गरे । साथै उनीहरुले परदेशमा भिडियो निर्माणमा निकै समस्या सृजना हुने समेत बताए ।

देउडा गीत चुडिन लाग्यो नौलो मुटु जया रोकाया र हेमराज स्मृतिको सृजना हो भने गितमा राजेश बिरहीले स्वर भरेका छन भने म्युजिक भिडियो जय संगीत म्युजिक प्रा.लि. ले निर्माण गरेको हो । जय संगीत म्युजिक प्रा.लि.को युटुब च्यानबाट भिडियो हेर्न सकिने बताइएको छ ।