पत्रकार वीरेन्द्रबहादुर रावलले कैलालीको मोहन्याल गाउँपालिका–१ चायभावरस्थित मोहन्याल माध्यमिक विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थीलाई नगदसहित सम्मान गरेका छन् ।

विद्यार्थीहरूलाई अध्ययनप्रति थप अभिप्रेरित गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले वार्षिक परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने एक जना छात्र र एक जना छात्रालाई सम्मान गरेका हुन ।

सोही विद्यालयमा अध्ययनरत ३.९२ जिपिए ल्याउने कक्षा ३ कि छात्रा लक्ष्मी घर्तेमगर र ३.६० जिपिए ल्याउने कक्षा ५ का छात्र विवेक घर्तीमगरलाई जनही २ हजार ५ सय नगद प्रदान गरिएको जनाइएको छ।

पत्रकार रावलले मेहनत र लगनशीलताले विद्यार्थीलाई सफलताको उचाइमा पुर्याउने भन्दै निरन्तर अध्ययनमा केन्द्रित हुन आग्रह गरेका छन् । विद्यालयले पनि यस्तो सम्मानले विद्यार्थीमा सकारात्मक प्रतिस्पर्धा र अध्ययनप्रतिको उत्साह बढ्ने विश्वास व्यक्त गरेको छ ।







Comments
Latest Comments
No comments yet.