कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नेत्र प्रसाद खनालले पालिकाको दुई कार्यकाल जनप्रतिनिधिको लडाइमै सकिएको प्रतिक्रिया दिएका छन् । शनिवार लम्किचुहा उद्योग वाणिज्य सङ्घको ८औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन ।
“पहिलो कार्यकालमा प्रदेशमा रतन थापा जी र पालिकामा महादेव बजगाईँ जी हुनुहुन्थ्यो । उहाँहरूले विवाद गरेरै कार्यकाल सक्नु भयो । अहिले प्रदेशमा कमल बहादुर शाह मुख्यमन्त्री हुनुहुन्छ । पालिकामा सुशीला शाही हुनुहुन्छ । उहाँहरूले पनि आफ्नो कार्यकाल विवाद गरेरै सक्नु हुने भयो ।” उनले भने ।

लम्किचुहा अस्पतालको विषयमा आफूहरू केही नबोलेको र बोल्नै परे अर्थपूर्ण रूपमा बोल्ने पनि उनले बताए । “हामीलाई बोल्दैनन् भनिएको छ । हो हामी बोलेका छैनौ । हामी उनीहरू जस्तो हचुवाको भरमा बोल्ने होइनौ । बोल्नै परे केही न केही अर्थपूर्ण रूपमा हामी बोल्छौ ।” उनले थपे,… “नगर कार्यपालिकामा हामी कमजोर छैनौ । अहिले उहाँहरू आफै लड्दै हुनुहुन्छ । उहाँहरूको विवादमा हामी कसैको पक्ष वा विपक्षमा लागेका छैनौ ।”
उनले प्रदेश र स्थानीय तहको लडाइले जनतामा भ्रम सृजना गरेको, कार्यकर्ता भर्तिकेन्द्र बनाएको, व्यक्तिगत स्वार्थमा लागेर समाज विखण्डन गरेको तथा विकास विरोधी काम भइरहेको समेत आरोप लगाएका छन् ।






Comments
Latest Comments
No comments yet.