प्रतिनिधि सभा बैठक कक्षमा सभामुख र सांसदहरुबीचको दुरी बढाइएको छ । आइतबार सांसदहरु सभामुखको आसनसम्मै पुगेर अवरोध गरेपछि सचिवालयले सभामुखको आसन र फ्लोरबीचको दुरी बढाएको हो ।
संसद सचिवालयका सहसचिव एकराम गिरीका अनुसार फ्लोरको अघिल्लो लहरका ‘दुई रो’ हटाइएको छ । हिजो प्रतिनिधि सभा नियमावली पारित गर्ने प्रक्रियामा विपक्षीले प्रश्न उठाएपछि तनाव भएको थियो ।





Comments
Latest Comments
No comments yet.