कैलालीको धनगढीमा रहेको नवजीवन अस्पतालमा उत्पन्न विवाद टुङ्गिएको छ । उपचारका क्रममा सनम बिक को मृत्यु भएपछि बुधकार दिनभर तनाव उत्पन्न भएको थियो । 

मृतक परिवार र अस्पताल प्रशासनबिच भएको छलफलमा अस्पतालले २२ लाख क्षतिपूर्ति दिने सहमति भएपछि कुरा टुङ्गिएको मृतकका आफन्तले जानकारी दिएका छन् । टनशीलको शल्यक्रियापछि पुनः रगत बगेका कारण मृतक सनमलाई अस्पताल भर्ना गरिएको थियो । मृतकका आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीका कारण उनको ज्यान गएको आरोप लगाएका थिए । घटनापछि अस्पताल र परिवार बिच पटक पटक वार्ता भएको थियो ।