कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर सम्मानित भएका छन् । जोशिपुर गाउँपालिका-३ लक्कडमा जेठ १८ गतेबाट सुरु भएको भागवत सप्ताह महायज्ञमा शुक्रबार कुँवर दोसल्ला र सम्मानपत्र सहित सम्मानित भएका हुन ।
हरेक दिन फरक प्रमुख अतिथि हुने ब्यवस्था अनुरुप शुक्रवार कुँवर सप्ताहका प्रमुख अतिथि समेत हुन । उनले सप्ताहमा नगद ५१ हजार दान समेत गरेका छन् । अध्यक्ष कुँवरको उपस्थितले कार्यक्रमको गरिमा बढेको आयोजकले बताएका छन् । “हाम्रो आग्रहलाई स्वीकार गरि अध्यक्ष ज्यु कार्यक्रममा आउनु भयो । उहाँको आगमनले हामीलाई हौसला बढेको छ । उहाँबाट धेरै सहयोग हुने अपेक्षा राखेका छौ ।” आयोजक समितिका संयोजक रामकिसन कठरियाले भने ।

सिद्धि गणेश मन्दिर ब्यवस्थापन समितिको आयोजनामा संचालन भएको सप्ताह २५ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।






Comments
Latest Comments
No comments yet.