कैलालीको बर्दगोरिया गाउँपालिका १ उत्तर मुढामा रहेको कालिका सिचाई आयोजना वर्षौँ देखी अलपत्र बनेको छ । निर्माणको जिम्मा पाएको उच्चकोटी निर्माण सेवाले २०८१ को असार मसान्त भित्र आयोजनाको काम सम्पन्न गरेको भए पनि जनताले हाल सम्म सिचाई सुविधा पाएका छैनन् ।
आयोजनाको सबै काम सम्पन्न भए पनि पाइपलाईबाट पानी चुहावट र विद्युत् लाइनबाट विद्युत् चुहावट भई करेन्ट लाग्ने भएपछि सिचाइको काम रोकिएको हो । गाउँमा सिचाई आयोजना आउँदा सुविधा पाउने आसमा बसेका स्थानीय कृषकहरू सिचाई आयोजना अलपत्र परेपछि चिन्तित बनेका छन् । “समितिको लापरबाही हो की ! ठेकेदारको लापरबाही हो की ! हामीलाई थाहा छैन । गाउँमा हरियो र अग्लो पानी टङ्की ठडिएको छ तर पानीका लागि हामी तडपीरहेका छौ । अर्को कुरा पानीमा करेन्ट आइरहेको छ । कुन दिन को मर्ने हुन थाहा छैन । धेरै लापरबाही भएको छ ।” स्थानी सन्तराम चौधरीले भने ।

यता उपभोक्ता समितिले भने ठेकेदारको लापरबाहीका कारण काम अलपत्र परेको दाबी गरेको छ । “महाकाली सिचाई आयोजनाले सिधै ठेकेदारलाई ठेक्का दियो । ठेकेदारले काम गर्न सकेन अनि अहिले सम्म पनि काम अलपत्र बन्यो । ठेकेदारलाई बारम्बार फोन गर्छौ, कुनै वास्ता गरेको छैन । भोलि पठाउँछु भन्ने फेरी नपठाउने, खाली हामीलाई ठग्ने मात्रै काम गरेका छन् ।” कालिका सिचाई आयोजना उपभोक्ता समितिका सचिव कमल गौतमले भने ।
उता निर्माणको जिम्मा पाएको उच्चकोटी निर्माण सेवाले सबै काम सम्पन्न गरी उपभोक्ता समितिलाई हस्तान्तरण समेत भइसकेको जनाएको छ । पानी तथा विद्युत् चुहावटको समस्या हलका लागि आफूले काम गर्न खोज्दा समिति सम्पर्कमा नआएको निर्माण कम्पनीको दाबी छ । “मैले २÷३ पटक मेरो मान्छे पठाई सके त्यहाँ, समितिका मान्छे सम्पर्कमै आउँदैनन् । अस्ति मात्रै छेदुलाल जी गएर दिनभरि कुरेर आउनु भयो, कोही पनि सम्पर्कमा आएनन् । उनीहरूलाई चासो नै छैन । उनीहरू चासो दिएर लाग्ने हो भने मबाट काम रोकिएको छैन । उनीहरूले सम्पर्कमा आएको दुई दिनमै सबै काम गरिदिन्छु ।” उच्चकोटी निर्माण सेवाका भूपेन्द्र पन्तले भने ।

अलपत्र सिचाइको समस्या धरै ठुलो छैन । पानी र विद्युत् चुहावट मात्रै रोक्ने हो किसानको खेतमा सिचाई पुग्न सक्छ तर निर्माण व्यवसायी र उपभोक्ता समिति एक अर्कालाई दोषारोपण गरेका उम्किन खोज्छन् । एक अर्कालाई दोष लगाउनु भन्दा दुवैले समन्वय गरी किसानका खेतमा सिचाई सुविधा पु¥याउन माग गरिरहेका छन् ।






Comments
Latest Comments
No comments yet.