पत्रकार तथा समाजसेवी वीरेन्द्र रावलले मोहन्यालका खेलाडीहरुलाई ड्रेस सहयोग गरेका छन्। मोहन्याल गाउँपालिका वडा नम्बर ३ राजीरेक्चामा रहेको स्पोर्टस्टार स्टार युवा क्लबलाई १५ थान जर्सि (ड्रेस) सहयोग गरेका हुन।
यसवाहरुलाई खेलकुदमा आकर्षित गर्दै उनीहरुको प्रतिभा विकास, अनुशासन, स्वास्थ्य, सकारात्मक सोच सँगै विभिन्न सामाजिक कामहरुमा सक्रिय बनाउने उदेश्यले सहयोग गरेको रावलको भनाई छ।

“युवाहरु समाजका महत्वपूर्ण शक्ति भएकाले समाज रुपान्तरणको हरेक पाईलामा उनीहरुको भूमिका महत्वपूर्ण हुन्छ; ड्रेस पाएपछि खेलका गतिविधिहरुमा उनीहरुको उत्साहजनक सहभागिता बढ्ने र खेलकुदको माध्यमबाट यस क्षेत्रको पहिचान राष्ट्रिय स्तर सम्म पुग्ने अपेक्षा छ।” रावलले भने । उनले युवाहरुलाई कुलतबाट जोगाउनु अहिलेको अपरिहार्य काम भएकाले उनीहरुलाई खेलकुदका गतिविधीहरुमा सक्रिय राख्नु पर्ने कुरामा जोड समेत दिए।
जर्सि सहयोग गरेकोमा रावललाई धन्यवाद ब्यक्त गर्दै स्पोर्टस्टार स्टार युवा क्लबका अध्यक्ष बिनोद बिश्वकर्माले आगामी दिनमा पनि यस क्षेत्रको खेलकुदको विकासका लागी यस्तै निरन्तर सहयोगको अपेक्षा राखेको बताए।





Comments
Latest Comments