कैलालीको धनगढीमा टिभिएसले ‘अचम्मैको डिल’ एक्सचेन्ज मेनिया सुरु गरेको छ । धनगढीमा रहेको टिभिएसको आधिकारीक बिक्रेता बागेश्वरी अटोमोटिभ्सले हसनपुर नैनादेवी रोडमा आइतबारदेखि एक्सचेन्ज मेनिया सुरु गरेको हो ।

मेलामा टिभिएसले नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई विभिन्न आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एक्सचेन्ज मेलामा टिभिएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद छुट, खरिद मूल्यको १०० प्रतिशतसम्म नगद फिर्ता वा ‘टिभिएस गोल्डेन की’ प्राप्त गर्ने अवसर रहेको छ ।

त्यस्तै, पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा उच्च मूल्यांकन गरिने बागेश्वरी अटोमोटिभ्सले जनाएको छ । ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले प्रत्येक दिन दुई जनालाई पाँच वर्षसम्म निःशुल्क सर्भिसको अवसरसमेत दिइने र निःशूल्क हेल्मेट दिईने बताइएको छ ।

सो एक्सचेन्ज मेनिया असोज ९ गतेसम्म सञ्चालन हुने साउँदले बताए । उनका अनुसार एक्सचेन्ज मेनियाको समयावधीसम्म सो सेवा धनगढीमा रहेको बागेश्वरी अटोमोटिभ्सको शोरुमबाट समेत लिन सकिने छ । ‘हामीले हसनपुरमा एक्सचेन्ज मेनिया सुरु गरेर त्यताबाट सेवा दिईरहेका छौँ’ उनले भने ‘सो सेवा एक्सचेन्ज मेनियामा मात्रै नभई हाम्रो धनगढीमा रहेको टिभिएसको शोरुमबाट पनि लिन सकिनेछ ।’