कैलालीको बर्दगोरिया गाउँपालिकामा निर्माण सम्मपन्न भएका चार आयोजनाको बिहिबार उद्घाटन गरिएको छ। पालिकाको वडा नम्बर १ मा रहेका दुई आयोजना र वडा नम्बर २ मा रहेका दुई आयोजनाको गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उद्घाटन गर्नु भयो।
जस अन्तर्गत वडा नम्बर १ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रको उद्घाटन भएको हो। संघीय सरकारको २५ लाख र बर्दगोरिया गाउँपालिकाको २५ लाख लागत साझेदारीमा उक्त भवव बनेको हो। वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले ज्येष्ठ नागरिकहरु मिलनका लागि चिया नास्ता तथा खानाको व्यस्थापन गर्ने बताउनु भयो। “कोही ज्येष्ठ नागिरकहरु यहाँ नियमित रुपमा बस्न चाहानु भयो भने हामीले खाना र बसोबासको व्यवस्थान गर्न सक्छौ।यती मात्र होइन यसलाई सहज रुपमा संचालन गर्न आवश्यक समाग्री व्यवस्थापनमा समेत हामी ध्यान दिनेछौ।” उहाँले भन्नु भयो।
यस्तै कार्यक्रममा बोल्दै वडा अध्यक्ष मिथुन गौतमले मिलनकेन्द्र नियमित संचालनका लागि खर्च व्यवस्थापन तथा अन्य आवश्यक समाग्री व्यवस्थापनका लागि पालिका अध्यक्ष कुँवरको ध्यानाकर्षण गराउनु भयो।

बिहिबार नै वडा नम्बर १ मा रहेको बसन्त मुरारी माध्यामिक विद्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको छ। संघीय सरकारको नमुना विद्यालय कार्यक्रम अन्तर्गतको २ करोड २२ लाखको लागतमा सो भवन निर्माण गरिएको हो। विद्यालयका अध्यक्ष टंक बहादुर कुँवरको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथ पालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो।
कार्यक्रममा बोल्दै विद्यालयको प्रधानाध्यापक तारा प्रसाद जोशीले शिक्षा क्षेत्रमा गाउँ सरकारले निकै राम्रो र सकारात्मक कामको थालनी गरेको उल्लेख गर्नुभयो। साथै उहाँले विद्यालयमा सभाहलको आवश्यता रहेको भन्दै गाउँ सरकारको ध्यानाकर्षण समेत गराउनु भयो।
कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले शिक्षण पेशामै रहेर कसैले पनि राजनीति नगर्न सुझाव दिनु भयो। “मैले सुने, यसै विद्यालयका पुर्व प्रधानाध्यापक तथा हालका शिक्षक भूमि प्रकाश बमले बर्दगोरियामा त केही विकास भएको छैन। आफूले नेतृत्व नगर्दा विद्यालय ध्वस्त अवस्थामा पुगेको छ भन्ने आशयको अन्तरवार्ता दिनु भएछ।यसरी पेशा र दायित्व नै भुलेर राजनीतिक रोटी सेक्नु भएन।राजनीति गर्ने उहाँको व्यक्तिगत विचार हो, पार्टी रोज्ने पनि उहाँको व्यक्तिगत विचार हो तर शिक्षण पेशाबाट बाहिर आएर राजनीति गर्न म सुझाव दिन चहान्छु।” उहाँले भन्नुभयो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कुँवरले राजनीति गर्ने र जनताको काम गर्ने कुरा फरक भएको भन्दै आफुहरु पालिकाको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको र यसैलाई निरन्तरता दिने बताउनु भयो। “कसले के बोल्छ त्यतातिर ध्यान दिनु हुँदैन। हामी काम गर्न आएका हौ र काम गर्नु पर्छ। कसैले राजनीति गर्छु भन्ने व्यक्तिगत अधिकारको कुरा हो।राम्रो मान्छेहरु राजनीति मार्फत समाजसेवामा आएको राम्रो पनि हो। ठाउँको विकास केही भएन भन्नु प्रतिपक्षको धर्म हो। कामको मुल्याङकन जनताले गर्लान।” उहाँले भन्नु भयो।

यस्तै पालिकाको वडा नम्बर २ को मोतिभागिरथी आधारभुत विद्यालयको नवनिर्मित ३ कोठे भवनको उद्घाटन गरिएको छ। गाउँपालिकाको १० लाख र विल्डअन नेपालको २८ लाख लागत साझेदारीमा सो भवन निर्माण भएको हो। कार्यक्रममा बोल्दै विद्यालयको सहायक प्रधानाध्यापक शिवराज गौतमले अन्य भवनको अवस्था निकै जिर्ण रहेको र गाउँपालिकाले १२ कोठे पक्कि भवनको अवधारणा ल्याउन आग्रह गर्नुभयो। साथै उहाँले वर्तमान गाउँ सरकारले शिक्षा क्षेत्रमा आमुल परिवर्तण गर्ने गरी कामको सुरुवात गरेको समेत उल्लेख गर्नुभयो।

गाउँ सरकार प्रमुख कुँवरले यस विद्यालयका लागि नयाँ भवनको डिपिआर निर्माण गरी बजेट व्यवस्थापनको प्रकृया अघि बढाउने आश्वाशन दिनु भएको छ। कार्यक्रममा विशिष्ट अतिथि रहनुभएका वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द बिकले आफुहरुले शिक्षा, स्वास्थ्य तथा सडक निर्माणका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउनु भयो। यस्तै बिहिबार नै वडा नम्बर २ मा रहेको सुदूरपश्चिम प्रदेश सरकार र बर्दगोरिया गाउँपालिकाको लागत साझेदारीमा निर्माण भएको दोघरा आधारभुत स्वास्थ्य सेवा केन्द्रको समेत उद्घाटन गरिएको छ।






Comments
Latest Comments