राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीमा चारजना थप गर्ने निर्णय लिएको छ । कुलमान घिसिङको उज्यालो नेपाल र बालेन साहको टिमलाई पदाधिकारीमा समेट्न लागिएको हो ।

जारी केन्द्रीय समिति बैठकबाट एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री र १ सहप्रवक्ता थप गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।