सुदूरपश्चिमको राजनीतिक केन्द्र मानिने कैलाली जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो बर्चस्व कायम गरेको छ। पछिल्लो मत परिणाम अनुसार पाँचै क्षेत्रमा घण्टी चुनाव चिह्न भएका उम्मेदवारहरूले प्रतिस्पर्धीहरूलाई ठुलो मतान्तरले पछाडि पारिरहेका छन्।

कैलाली १ मा कोमल ज्ञवालीको पकड देखिएको छ । ​टीकापुर क्षेत्रमा पर्ने यस निर्वाचन क्षेत्रमा रास्वपाका कोमल ज्ञवाली ५ हजारभन्दा बढी मतले अगाडि छन् ।
​कोमल ज्ञवाली (घण्टी): १६,३९२
​जनक राज चौधरी (रुख): ११,३१५
​रामलाल डगौरा (तारा): ७,७१८

कैलाली २ मा केपि खनालको सुरुवाती अग्रता छ । ​थोरै मत गणना हुँदा पनि यस क्षेत्रमा रास्वपाकै अग्रता देखिएको छ।
​केपि खनाल (घण्टी): ३,३०७
​सूर्य बहादुर थापा (सूर्य): २,१२२
​विजय बहादुर स्वार (रुख): १,६६०

कैलाली ३ मा जगत जोशी बलियो अवस्थामा छन् । ​यहाँ रास्वपाका जगत जोशीले नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरीसँग ४ हजारभन्दा बढीको मतान्तर बनाएका छन् ।
​जगत जोशी (घण्टी): ११,५५७
​वीरमान चौधरी (तारा): ७,५४५
​भीम बडुवाल (रुख): ४,८९०

कैलाली ४ मा रास्वपाका खेमराज कोइरालाले अन्य प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाडेका छन् । उनको पक्षमा ९ हजारभन्दा बढी मत खसेको छ।
​खेमराज कोइराला (घण्टी): ९,०६४
​गोरख बिष्ट (रुख): ३,४०१
​लेखराज भट्ट (सूर्य): २,७८८

कैलाली ५ मा रास्वपाका आनन्द बहादुर चन्दले अत्यधिक मतका साथ अग्रता लिइरहेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई १५ हजारभन्दा बढी मतले पछाडी पारेका छन् ।
​आनन्द बहादुर चन्द (घण्टी): २३,२२४
​नरनारायण शाह (रुख): ८,५५९
​प्रेम बहादुर आले (तारा): ६,२९६

पछिल्लो परिणामले कैलालीमा स्थापित पुराना दलहरू (कांग्रेस, एमाले,नेकपा) का साथै क्षेत्रीय शक्ति (नागरिक उन्मुक्ति) लाई पनि घण्टीले कडा चुनौती दिएको छ। विशेषगरी क्षेत्र नम्बर ४ र ५ मा रास्वपाको अग्रता निर्णायक देखिन्छ।