राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बर्दगोरियामा टोल कमिटीहरु गठन गरेको छ। वडा नम्बर एकबाट कमिटी निर्माण थालेको पार्टीले ६ टोलमा कमिटी गठन गरेको छ भने अन्य टोलहरुमा क्रमिक रुपमा गठन गरिने गाउँ कमिटी सभापती केशव भण्डारीले जानकारी दिएका छन्।

वडा नम्बर १ अन्तर्गत कट्टिपुर टोल कमिटी संयोजकमा बिसेन्द्र कुँवर, उत्तरमुडा टोल कमिटी संयोजकमा हरिसिंह बिक, रामपुर टोल कमिटी संयोजकमा मान बहादुर साउँद र बौनियाँ टोल कमिटी संयोजकमा नवराज टमट्टा चयन भएका छन् भने मुडागाउँ टोल कमिटी संयोजकमा सुनिल भुल र छपाबाघ टोल कमिटी संयोजकमा निर्मल लामा चयन भएका हुन। उनीहरुले पार्टीको नीति तथा गतिविधीहरुलाई जनताका माझ लैजान र जनताका समस्याहरु पार्टीमा लैजान तथा सृजित समस्या समाधान गर्न समन्वयकारी भूमीका खेल्ने बताएका छन्। पार्टीले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै टोल कमिटी निर्माणलाई गती दिएको छ।