संविधान दिवसको अवसरमा कैलालीको घोडाघोडी प्रथम पुरुष डबल बी–लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । घोडाघोडी ब्याडमिन्टन क्लबको आयोजनामा शनिबार प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको बिजेताले नगद २० हजार तथा उपबिजेताले नगद १२ हजार र तृतीय हुने टिमले नगद ४ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन।

प्रतियोगिताका लागि ३२ टिमको सहभागिता हुमे क्लबका अध्यक्ष मनोज सुनारले जानकारी दिए । अध्यक्ष सुनारले प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा गरिएको बताउँदै सहभागी खेलाडी तथा खेलप्रेमीहरूलाई निर्धारित समयमै उपस्थित हुन आग्रह गरेका छन् ।