चलचित्र पत्रकार संघ नेपाल कैलालीको आयोजामा यही मंसिर ४ गते हुने सुरताल म्युजिक टुरको तयारी तीव्र पारिएको छ। हाल कार्यक्रम व्यवस्थापन, टिकट ब्यवस्थापन, प्रचारप्रसार तथा मन्च व्यवस्थापनको कामलाई तीव्र पारिएको आयोजक संस्थाका अध्यक्ष विवेक कुमार नागरिले जानकारी दिए।
उनका अनुसार मंसिर ४ गते साँझ ५ बजेबाट राती १० बजे सम्म धनगढी कभर्डहलको प्रांगनमा कार्यक्रम संचालन हुनेछ भने कार्यक्रममा गायक प्रमोद खरेल सहित उनको परम्परा ब्याण्ड, गायक प्रकाश सपुत सहित उनको लोकभाका नेपाल ब्याण्ड र गायक देवेन्द्र बब्लु सहित उनको दि फिरन्ते ब्याण्डको प्रस्तुती रहनेछ।
“अब गुन्जिन्छ नेपाल, एउटै सुर एउटै ताल” भन्ने मुल नाराका साथ सुरताल इभेन्ट एण्ड एम्युजमेण्ट प्रा॰लि॰को आयोजनमा देशका अन्य छ वटै प्रदेशका विभिन्न ठाउँमा यो कार्यक्रम हुनेछ।





Comments
Latest Comments