“अब गुन्जिन्छ नेपाल, एउटै सुर एउटै ताल” भन्ने मुल नाराका साथ देशका सातवटै प्रदेशका विभिन्न ठाउँमा हुने कार्यक्रम (कन्सर्ट) अन्तर्गत शुक्रबार (आज) धनगढीमा हुने भएको छ। चलचित्र पत्रकार संघ नेपाल कैलालीको आयोजनामा शुक्रबार साँझ ५ बजेदेखी धनगढी स्थित कबर्डहल प्राङ्गनमा कार्यक्रम सुरु हुने आयोजक संस्थाका अध्यक्ष विवेक कुमार नागरीले जानकारी दिए।

“हाम्रो तयारी करिब पुरा भएको छ। सुरक्षा व्यवस्थापन, सिसिटिभी जडान र मञ्च व्यवस्थापनको काम पनि करिब सकिएको छ।सबैजना सहभागी भई कार्यक्रम सफल पार्न सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा राखेका छौँ।” उनले भने।

उनका अनुसार शुक्रबार (आज) साँझ ५ बजेबाट राती १० बजे सम्म कार्यक्रम संचालन हुने र कार्यक्रममा गायक प्रमोद खरेल सहित उनको परम्परा ब्याण्ड, गायक प्रकाश सपुत सहित उनको भाका नेपाल ब्याण्ड र गायक देवेन्द्र बब्लु सहित उनको दि फिरन्ते ब्याण्डको प्रस्तुती रहनेछ। सुरताल इभेन्ट एण्ड एम्युजमेण्ट प्रा॰लि॰को आयोजनमा देशका अन्य छ वटै प्रदेशका विभिन्न ठाउँमा यो कार्यक्रम हुनेछ।